साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । अघिल्लो चार दिन पनि बढेको बजार आज पनि १०.४३ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६७६.०३ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४३ अंकले बढेर ४६१.६१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेर कारोबार भएको छ ।
परिसूचक दोहोरो अंकले बढेको दिन बजारमा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३३ कम्पनीका १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता सेयर ८६ हजार १७० पटक खरिद बिक्री हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस