Like us!
Follow us!
Connect us!
Watch us!

४ महिनामा वाणिज्य बैंकहरुले कमाए १९ अर्ब ३७ करोड नाफा, कुन बैंकको कति ?

अर्थ संसार

शुक्रबार, २६ मंसिर २०८२, ११ : १७ मा प्रकाशित

४ महिनामा वाणिज्य बैंकहरुले कमाए १९ अर्ब ३७ करोड नाफा, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ४ महिना कात्तिकसम्म १९ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांक अनुसार २० वाणिज्य बैंकहरुको नाफा १९ अर्ब ३७ करोड ५४ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१/८२ को कात्तिकसम्म वाणिज्य बैंकहरुले २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १३.११ प्रतिशतले घटेको छ। 

तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ ।

सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले कात्तिक मसान्तसम्म २ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा १८.९१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ११ करोड ४० लाख रूपैयाँ नाफा आर्जन गरेको थियो ।   दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले कार्तिक मसान्तसम्म २ अर्ब ४६ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ८.३२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६९ करोड १० लाख रूपैयाँ नाफा आर्जन गरेको थियो । 

तेस्रोमा प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले कार्तिक मसान्तसम्म १ अर्ब ५८ करोड ६० लाख रूपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा २.४८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ६२ करोड ६४ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो ।  त्यस्तै, एभरेष्ट बैकको नाफा ०.२७ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ९३ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो । 

एनएमबि बैंकको नाफा १४ प्रतिशतले घटेर १ अर्ब १८ करोड रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड ३२ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो ।  कार्तिक मसान्तसम्म कुमारी बैंकले १ अर्ब १३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १३ करोड, स्ट्याण्डर्ड चार्टड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमा बैंकले ७७ करोड ९२ लाख, प्रभु बैंकले ७३ करोड ७७ लाख रूपैयाँ नाफा आर्जन गरेका छन् । 

त्यस्तै, नेपाल एसबिआई बैंकले ६७ करोड २० लाख, सिद्धार्थ बैंकले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंकले ६२ करोड ८१ लाख, माछापुच्छ्रे बैंकले ६० करोड ९९ लाख, एनआईसी एशिया बैंकले ३४ करोड ३४ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख र सिटिजन्स बैंकले १ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको