Like us!
Follow us!
Connect us!
Watch us!

बैंक-वित्तीय संस्थाबाट साढे १ खर्ब सेयर धितो कर्जा प्रवाह, कसको कति ?

अर्थ संसार

आइतबार, २८ मंसिर २०८२, १६ : १८ मा प्रकाशित

बैंक-वित्तीय संस्थाबाट साढे १ खर्ब सेयर धितो कर्जा प्रवाह, कसको कति ?

नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितो (मार्जिन प्रकृति) कर्जामा आफ्नो लगानी उल्लेख्य रूपमा विस्तार गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस्तो कर्जा प्रवाह झण्डै ३० प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्म लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ४६ अर्ब १४ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिएका छन् । गत आर्थिक वर्षको यही अवधिमा यस्तो कर्जा १ खर्ब १३ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । 

वाणिज्य बैंकबाट १ खर्ब २३ अर्बभन्दा बढी 

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले मात्रै १ खर्ब २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३५ प्रतिशतले बढी हो । गत वर्षको कात्तिकसम्म वाणिज्य बैंकले ९१ अर्ब २१ करोड रुपैयाँ बराबरको यस्तो कर्जा दिएका थिए । समिक्षा अवधिमा दुई वाणिज्य बैंकको सेयर धितो कर्जा घटेको देखिए पनि बाँकी अधिकांश बैंकको कर्जा उल्लेख्य रूपमा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै सेयर धितो कर्जा नबिल बैंकले प्रवाह गरेको छ । बैंकको कर्जा अघिल्लो वर्षको तुलनामा ४३ प्रतिशतले बढेर करिब १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको कर्जा १८ प्रतिशतले बढेर १३ अर्ब १९ करोड, कुमारी बैंकको २० प्रतिशतले बढेर ९ अर्ब ९८ करोड र प्राइम बैंकको करिब ७८ प्रतिशत वृद्धि भई झण्डै ९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक तथा राष्ट्रिय वाणिज्य बैंकको पनि सेयर धितो कर्जा उल्लेख्य रूपमा बढेको देखिन्छ । यद्यपि एनआईसी एशिया बैंक र नेपाल बैंकले भने यस अवधिमा सेयर धितो कर्जा क्रमशः ७० प्रतिशत र ७ प्रतिशतभन्दा बढीले घटाएका छन् ।

विकास बैंकको कर्जा पनि बढ्दो

कात्तिक मसान्तसम्म विकास बैंकहरुले करिब १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७ प्रतिशतले बढी हो । विकास बैंकहरूमध्ये मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकको यस्तो कर्जा करिब १६ प्रतिशतले बढेर ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । यसबीच गरिमा, महालक्ष्मी र सिन्धु विकास बैंकको शेयर धितो कर्जा भने घटेको देखिन्छ ।

फाइनान्स कम्पनीमा कर्जा घट्दो

समिक्षा अवधिमा फाइनान्स कम्पनीहरुको सेयर धितो कर्जा भने घटेको छ । कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरुले करिब ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब १० प्रतिशतले कम हो । १५ फाइनान्स कम्पनीमध्ये ९ वटाको सेयर धितो कर्जा घटेको देखिन्छ । यस अवधिमा आइसिएफसी फाइनान्सले सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गरेको छ, जसको रकम करिब ४६ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, सेन्ट्रल फाइनान्सले आफ्नो सेयर धितो कर्जा सबैभन्दा तीव्र गतिमा विस्तार गर्दै अघिल्लो वर्षको तुलनामा १५० प्रतिशतभन्दा बढी वृद्धि गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको