Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालनमा नरहेका विद्यालयमाथि काठमाडौं महानगरको कारबाही, अनुमति खारेज गर्ने तयारी

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, ११ : ४० मा प्रकाशित

सञ्चालनमा नरहेका विद्यालयमाथि काठमाडौं  महानगरको कारबाही, अनुमति खारेज गर्ने तयारी

काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी प्रक्रिया अघि बढाएको छ।

नगर शिक्षा समितिको मिति २०८२/०४/२८ गतेको निर्णयअनुसार विगतमा अनुमति लिएर सञ्चालनमा आएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया सुरु गरिएको हो।

शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन, रुजु तथा एकिन गरी आवश्यक निर्णयका लागि महानगर कार्यपालिकामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। यसै क्रममा विभिन्न समयमा गरिएको अनुगमनका आधारमा काठमाडौँ महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचनासँग संलग्न सूचीमा उल्लेख भएका विद्यालयहरू सञ्चालनमा नरहेको वा नदेखिएको भन्ने प्रतिवेदन प्राप्त भएको शिक्षा विभागले जनाएको छ।

महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचीमा नाम समावेश भएका विद्यालयहरू यदि हाल पनि सञ्चालनमा रहेको अवस्थामा छन् भने सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौँ महानगरपालिका शिक्षा विभाग, कमलादीमा उपस्थित भई विद्यालय सञ्चालनमा रहेको प्रमाण पेश गर्नुपर्नेछ।

तोकेको समयसीमाभित्र सम्पर्क नगरेमा वा सञ्चालनको पुष्टि नभएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३(ट) बमोजिम ती विद्यालयहरू बन्द गर्न महानगर कार्यपालिकामा सिफारिस गरिने महानगरपालिकाले स्पष्ट पारेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको