Like us!
Follow us!
Connect us!
Watch us!

स्वाभिमान र सम्मान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं – कुलमान घिसिङ

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १२ : २३ मा प्रकाशित

स्वाभिमान र सम्मान नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छौं – कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले सकेसम्म एकता र सम्भव नभए कार्यगत एकतामार्फत अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।

आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता गरेर जाने अवस्थामा हामी छौं । त्यसैले सबै नयाँ र मूलधारका शक्तिहरु एक भएर जान म आह्वान गर्छु । आजको दिन नेपाली जनताको सबै वैकल्पिक शक्तिहरु एक होस्, अगाडि बढोस् र नयाँ नेतृत्व दिओस् भन्ने चाहना छ । यसलाई हामी सबैले बुझेर त्यसतर्फ अगाडि बढ्नुपर्छ।’

रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको दिनमै कुलमान घिसिङको अभिव्यक्ति सार्वजनिक भएको हो। घिसिङले यसअघि बालेनसँग एकता र सहकार्यका विषयमा छलफल अगाडि बढाएका थिए। तर रवि र बालेन एक ठाउँमा आएपछि कुलमान भने हाल अलग्गै देखिएका छन्। घिसिङले उज्यालो नेपाल पार्टी सम्मान र स्वाभिमानमा कुनै सम्झौता नगरी सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। त्यसका लागि आवश्यक गृहकार्य भइरहेको उल्लेख गर्दै उनले केही दिनभित्रै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन्।

‘सम्मानजनक उपस्थिति, आत्मसम्मान र जुन स्वाभिमान छ, त्यसलाई नमेटाइकन सबैसँग सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडि बढ्ने हो,’ उनले भने, ‘यसतर्फ धेरै कुराहरु भइरहेको छ र आगामी दिनमा त्यसको रिजल्ट पनि आउने म विश्वास व्यक्त गर्न चाहान्छु ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको