नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ५ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुमा उपदान तथा पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने जनाएको हो । यसका लागि पुस १७ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८३ करोड २५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा २७ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ जनवरी ५ देखि २०२७ जनवरी ५ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस