Like us!
Follow us!
Connect us!
Watch us!

काम नभएका ठेक्काहरू तोड्नु सरकारको बाध्यता हो - कुलमान घिसिङ

अर्थ संसार

मंगलबार, १५ पुस २०८२, १५ : २० मा प्रकाशित

काम नभएका ठेक्काहरू तोड्नु सरकारको बाध्यता हो - कुलमान घिसिङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले लामो समयसम्म काम नभएका ठेक्काहरू तोड्नु सरकारको बाध्यता भएको बताएका छन्। सडक बोर्ड नेपालको २३औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले कम बजेटमा ठेक्का लिएर काम नगर्ने प्रवृत्तिका कारण सर्वसाधारणले दुःख पाएकाले सरकारले ठेक्का तोडेर व्यवस्थापन गर्नुपरेको स्पष्ट पारे।

उनले वर्षौँदेखि काम अघि नबढेका ठेक्काका कारण विकास आयोजना अलपत्र परेको र त्यसले नागरिकलाई अनावश्यक सास्ती भोग्न बाध्य बनाएको बताए।

मन्त्री घिसिङले भने,‘धेरै विलम्बमा आएर ठेक्का लिने, तर काम नगर्ने अवस्था नियन्त्रण गर्न बाध्य भएर ठेक्का तोड्नुपरेको हो ।' यद्यपि सबै निर्माण व्यवसायी गलत नभएको उनको भनाइ छ । समयमा नै काम सम्पन्न गर्ने र जिम्मेवारीपूर्वक आयोजना अघि बढाउने निर्माण व्यवसायीहरू पनि रहेको उल्लेख गर्दै उनले त्यस्ता व्यवसायीलाई निरन्तर प्रोत्साहन गर्दै आएको बताए । निर्माण क्षेत्रमा देखिएका केही समस्या समाधान गर्न ऐन र नियमावली संशोधन गर्ने तयारीसमेत भइरहेको मन्त्री घिसिङले जानकारी दिए ।

निर्माण व्यवसायीबिना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै उनले विकास बजेटको खर्च निर्माण व्यवसायीमार्फत नै हुने भएकाले उनीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिन आवश्यक रहेको बताए । उनले भने, ‘निर्माण व्यवसायीलाई प्रोत्साहन गर्नु राज्यको दायित्व हो। '

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको