Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपा विधि र प्रक्रियाभन्दा बाहिर जाँदैन, समानुपातिक सूचीका गुनासा रिभ्यू गर्छौं - रवि लामिछाने

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १४ : ३६ मा प्रकाशित

रास्वपा विधि र प्रक्रियाभन्दा बाहिर जाँदैन, समानुपातिक सूचीका गुनासा रिभ्यू गर्छौं - रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी कुनै पनि हालतमा विधि र प्रक्रियाभन्दा बाहिर नजाने स्पष्ट पारेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

साथै, उनले आफ्नो पार्टी परिवारवादविरुद्ध स्पष्ट रूपमा उभिएको दाबी पनि गरे।

लामिछानेले भने,‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन ,कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

समानुपातिकको बन्दसूचीमा समावेश केही व्यक्तिबारे उठिरहेका आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भए, विशेषगरेर हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो । त्यसले हामीलाई तयारीमा हाम्रो समय नपुगेको जरुर हो,’ लामिछानेले भने, ‘अहिले सार्वजनिक चासोमा आउनुभन्दा अघि नै यो चाहीँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौं । किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौं ।’

यस्तै कारणले केही समस्या भएको हुनसक्ने र भएको भए पनि त्यसलाई रिभ्यू गरिने उनले बताए ।

‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको