Like us!
Follow us!
Connect us!
Watch us!

नातावाद, कृपावादको म विरोधि हुँ - कुलमान

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १५ : २५ मा प्रकाशित

नातावाद, कृपावादको म विरोधि हुँ - कुलमान

उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूलाई जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन्। सञ्चारमाध्यममा प्रकाशित ती समाचारलाई उनले असत्य, भ्रामक र नियोजित रहेको बताएका छन्।

उनले भनेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई अर्कै टीमबाट सिफारिस भएका व्यक्ति हुन्। त्यसैगरी, समानुपातिक सूचीमा रहेका र मेरो ‘ससुरा’ भनेर प्रचार गरिएका व्यक्ति पनि मेरो आफ्नो ससुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’

समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबका आधारमा तयार नगरिएको उनले स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘पार्टीको विधि, मापदण्ड र सामूहिक निर्णय प्रक्रियाबाट तयार गरिएको हो । म सार्वजनिक जीवनमा प्रवेश गरेदेखि नै नातावाद, कृपावाद र स्वार्थको राजनीतिविरुद्ध निरन्तर उभिँदै आएको छु । त्यही इमानदार यात्रालाई कमजोर पार्ने उद्देश्यले तथ्य नबुझी फैलाइने यस्ता नियोजित हल्ला र आरोपहरू दुःखद छन् ।’

राजनीतिमा असहमति स्वाभाविक भए पनि झूट र भ्रम फैलाएर कसैलाई बदनाम गराउने प्रयास आपत्तिजनक हुने उनले उल्लेख गरेका छन्। साथै, बन्दसूचीमा देखिएका प्राविधिक त्रुटिहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सच्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उनले थपेका छन्, ‘म आज पनि पारदर्शिता, इमानदारी र जनताप्रतिको जवाफदेहितामा दृढ छु । त्यसैले यस्ता भ्रामक समाचार र टीकाटिप्पणीको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको