Like us!
Follow us!
Connect us!
Watch us!

चुनावमा रास्वपाको बहुमत आउने पक्का - मनिष झा

अर्थ संसार

विहीबार, १७ पुस २०८२, १४ : ३५ मा प्रकाशित

चुनावमा रास्वपाको बहुमत आउने पक्का - मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी निर्वाचनमा पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । बुटवलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाप्रति जनसमर्थन बढ्दो क्रममा रहेको उल्लेख गरे ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई संयम, धैर्य र अनुशासनका साथ अघि बढ्न आग्रह गर्दै संगठनलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

‘बालेन शाह र कुलमान घिसिङजीसँगको पार्टी एकतापछि अब रास्वपाको बहुमत आउने पक्का भयो,’ झाले भने ।

तर बहुमत आउने दम्भका कारण अहिल्यैदेखि अरू राजनीतिक दलको अस्तित्व नस्वीकार्ने बाटोमा रास्वपा नलाग्ने उनले स्पष्ट पारे । उनले पार्टी सधैं लोकतान्त्रिक मूल्य–मान्यता र सहअस्तित्वको पक्षमा रहेको बताए । त्यस्तै, झाले बालेन शाह र कुलमान घिसिङ नेतृत्वको पार्टीसँग एकता गर्ने क्रममा निर्वाचन आयोगले तोकेको समयसीमा अन्तिम चरणमा पुगेकाले समानुपातिक उम्मेदवारको सूची तयार गर्दा केही त्रुटि भएको स्वीकार गरे ।

‘समय अभावका कारण विधि प्रक्रिया अनुसार छनोट गर्न सकिएन, गल्ती भएको हो स्वीकार गर्छौं,’ झाले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको