लमजुङमा १२ मेगावाटको जलविद्युत आयोजना सञ्चालन गरिरहेको दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को समीक्षाका लागि पुस २१ गते सोमबारका लागि तय गरेको वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै सभा स्थगित भएको औपचारिक जानकारी गराएको हो । कम्पनी ऐन २०६३ र कम्पनीको नियमावली अनुसार सभा सञ्चालन गर्न आवश्यक सेयरधनीहरूको उपस्थिति नभएपछि सभाको काम कारबाही अघि बढ्न सकेन । साधारण सभाका लागि पुस २१ गते बिहानको समय तोकिएको भए पनि गणपूरक सङ्ख्या नपुगेपछि सञ्चालक समितिले सभा स्थगित गर्ने निर्णय गरेको हो । अब कम्पनीले पुनः सूचना प्रकाशित गरी दोस्रो पटक सभा आह्वान गर्नेछ । जसमा गणपूरक संख्याको प्रावधान केही खुकुलो हुने कानुनी व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस