मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४० अंकले बढेर २६४०.७७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २५ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ भने २० कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले घटेर ४५४.८७ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ५० कम्पनीका ५ हजार ४५ कित्ता सेयर ९८ पटक खरिद बिक्री हुँदा ३० लाख ७८ हजार १०८ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस