Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, ११ : ०७ मा प्रकाशित

बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिदा राष्ट्र बैंकले जारी गर्यो २५ अर्बको ऋणपत्र

नेपाल राष्ट्र बैंकले आज पुस २२ गते पनि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ घ’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइन माध्यमबाट बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बोलकबोलकै आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ। यो एक वर्षे अवधिको ऋणपत्र हो, जसको साँव भुक्तानी २०८३ पुस २२ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था छ।

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी बोलपत्र पेस गर्न सकिनेछ। साथै, यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरूमा धितोका रूपमा प्रयोग गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको