Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचक साढे ४ अंकले बढ्यो, कारोबार ४ अर्ब ९० करोड

अर्थ संसार

विहीबार, २४ पुस २०८२, १५ : ०६ मा प्रकाशित

नेप्से परिसूचक साढे ४ अंकले बढ्यो, कारोबार ४ अर्ब ९० करोड

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको हो । 

आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । त्यस्तै आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.९२ अंकले बढेर ४५५.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा पाँच अर्ब भन्दा तलको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ६९ हजार २६१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको