Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : करिब १ प्रतिशत बढ्यो परिसूचक, औषत ५ अर्ब ७४ करोडको सेयर किनबेच

अर्थ संसार

शनिबार, २६ पुस २०८२, ०८ : ३० मा प्रकाशित

साताको सेयर : करिब १ प्रतिशत बढ्यो परिसूचक, औषत ५ अर्ब ७४ करोडको सेयर किनबेच

यो साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन २६२०.९२ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम दिन ०.७५ प्रतिशत अर्थात १९.६२ अंक बढेर २६४०.५४ विन्दुमा पुगेको हो । 

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेर कारोबार भएको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंक बढेको छ ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ७४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.९१ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २.८५ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ९.९७ प्रतिशत घटेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ३३ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ । गत साता २३०५.२० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७.४५ अंक बढेर २३८२.६५ विन्दुमा पुगेको छ । अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । गत साता ८५४२.८० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २४६.७० अंक बढेर ८७८९.५० विन्दुमा पुगेको छ ।

यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८१ प्रतिशत घटेको छ । गत साता २३६८.७१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९.२१ अंक घटेर २३४९.५० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको