नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गतेका लागि ७ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उत्त सभा बाराको जितपुरसिमरा–२ स्थित होटल श्रेष्ठ रेसिडेन्सी प्रा.लि मा दिउँसो २ बजे सुरु हुने छ । कम्पनीले सेयधरनीलाई लाभांश नदिने भएको छ । साधारणसभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ ।
त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनको उद्देश्य थप्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ २२ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस