Like us!
Follow us!
Connect us!
Watch us!

११ कम्पनीको साधारणसभा आज, सबैले लाभांश प्रस्ताव पारित गर्ने

अर्थ संसार

मंगलबार, २९ पुस २०८२, ०८ : ०६ मा प्रकाशित

११ कम्पनीको साधारणसभा आज, सबैले लाभांश प्रस्ताव पारित गर्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई लाभांश लगायतका प्रस्ताव पारितका लागि ११ कम्पनीहरूको साधारणसभा आज पुस २९ गते बस्दैछ । तीमध्ये २ जीवन बीमा कम्पनी, ४ निर्जीवन बीमा कम्पनी, ३ लघुवित्त कम्पनी र २ हाइड्रोपावर कम्पनी रहेका छन् । 

कम्पनीहरूले लाभांश लगायतका विभिन्न प्रस्ताव सहित वार्षिक साधारणसभा बोलाएका हुन् । आज प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, जीवन विकास लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, छिमेक लघुवित्त, अपी पावर कम्पनी र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारणसभा बस्दैछ । 

कम्पनीहरूको साधारणसभा भिन्नाभिन्नै स्थानमा विभिन्न समयमा शुरू हुनेछ । साधारणसभा प्रयोजनार्थ यी कम्पनीहरूले बूक क्लोज गरिसकेका छन् । तसर्थ बूक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको