नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्ना कारणले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्। केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी विभाजन नेपाली कांग्रेस र नेपाली जनताको हितमा नपर्ने बताएका छन्।
‘विभाजन हितमा छैन । यो हामीलाई राम्रो थाहा छ । त्यसकारण हामी कुराकानीमा अत्यधिक लचकताका साथ सबै पार्टीका साथीहरूलाई एकजुट बनाउन कोसिस गरिराख्या छौं, कुराकानी भइराखेको छ ।’ उनले भने।’
एकता जोगाउन आफूहरू लचक रहेको उल्लेख गर्दै उनले महामन्त्रीहरू पनि लचक भएर अघि बढ्नुपर्ने बताएका छन्।
महतले भने, ‘उहाँहरू पनि त्यही लचकताका साथ आउनुपर्छ । पार्टी एकताको लागि, आम निर्वाचन मुखमा एकताबद्ध भएर जानको लागि हामी उदारताका साथ प्रस्तुत भइराखेको छौं । त्यही उदारताका साथ र पार्टी, देश र जनतालाई मध्यनजर राखेर उहाँहरू आउनुपर्छ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस