Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धन नफुटे पनि अर्थमन्त्री परिवर्तन हुने 'कन्फर्म'

अर्थ संसार

आइतबार, २० फागुन २०८०, २३ : ५३ मा प्रकाशित

गठबन्धन नफुटे पनि अर्थमन्त्री परिवर्तन हुने 'कन्फर्म'

पछिल्लो समयको राजनीतिक माहोल तातेको छ। आइतबार मात्रै प्रधानमन्त्रीले सत्ता गठबन्धनसँगै प्रतिपक्ष पार्टीका नेताहरुसँग निरन्तर छलफलमा लागे। 

आइतबार मात्रै प्रधानमन्त्रीले दुई दुई पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार भेट वार्ता गरे। 

प्रधानमन्त्रीले आइतबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग पनि अर्थपूर्ण भेट गरेका छन्। 

तेती मात्र नभई प्रधानमन्त्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटेरै कुराकानी गरे। 

यी भेट संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा केन्द्रित भएको भनिएता पनि हरेक भेट राष्ट्रिय सभाको अध्यक्ष , नयाँ समीकरण गठन र मन्त्रीपरिषद परिषद पूर्ण गठनको वरिपरि भएको छ। 

हालको सत्ता गठबन्धनमा खटपट देखिएको छ। जसका कारण परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो फिनल्याण्ड भ्रमण स्थगित गरेका छन् ।

प्रचण्ड पछिल्लो समय देशको अर्थतन्त्रमा आएको समस्या र हालका अर्थमन्त्री प्रकाशशरण महतको काम कारबाही देखि आजित भएका छन्। 

केहि दिन अगाडी सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै  मनोगत ढंगले लक्ष्य निर्धारण गर्दा परिणाम देखिएन भन्दै अर्थमन्त्री महत माथि प्रधानमन्त्रीको गम्भिर आरोप लगाएका थिए। 

प्रधानमन्त्री दाहालले माघसम्म कुल राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा ३९.९ झन्डै ४० प्रतिशत र माघसम्मको लक्ष्यको तुलनामा ७४ प्रतिशत मात्र संकलन भएको बताए। उनले पुँजीगत खर्च त २४ प्रतिशतभन्दा कम भएको भएको भन्दै पुँजी निर्माण नभई विकासले गति नलिने भन्दै असन्तुष्टी पोखे। 

आफैंले किटान गरेको लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसक्ने अर्थमन्त्रीलाई उनले परिवर्तन गर्ने मनस्थितिमा पुगिसकेका छन्। 

तर अहिलेको गठबन्धनका प्रमुख पार्टी नेपाली कांग्रेस सभापति देउवा भने डा. महतलाई परिवर्तन गर्ने पक्षमा छैनन्। जसका कारण अहिले प्रचण्ड गठबन्धन कै कारण आफुलाई असफल हुने नियतमा रहेको पो होकी भनेर ससंकित भएका छन्। 

यहिँ बुझेर अहिले प्रचण्ड राष्ट्रिय सभाको अध्यक्ष र मन्त्रीपरिषद पूर्ण गठन गर्न कांग्रेसले सहयोग नगरे प्रमुख प्रतिपक्षि दललाई साथमा लिएर अगाडी बढ्न सक्ने उनले संकेत देखाइसकेका छन्। 

गठबन्धन फुटेपनि नफ़ुटेपनि हालका अर्थमन्त्री प्रकाश शरण महत भने परिवर्तन हुने निश्चित नै देखिएका छन्। देउवा संग प्रचण्डको कुरा मिलेपनि उनले अर्थमन्त्री माओवादी आफैँ संग राख्ने तयारी गरेका छन् जसका लागि उसले गृह मन्त्रालय कांग्रेसलाई दिन तयार देखिन्छन। 

हालको समीकरण परिवर्तन नै भइहाले अर्थमन्त्री त सोझै हट्ने भइहाले। यस कुरालाई तेवा दिने खालको आइतबार एमाले अध्यक्षले अभिव्यक्ति दिए। उनले अर्थमन्त्रीले देशको अर्थतन्त्र ओरालो लगाएको अरोप लगाउँदै उनले ०४८ सालमै असफल भइसकेका सिद्धान्त दोहोर्‍याउन खोजेको आरोप लगाए। 

उनले भने, ‘यस्तो बेहालको अलोकतान्त्रिक र शक्ति पृथकीकरणको वास्तवमा सिद्धान्तै नबुझेको। यस स्तरको सरकार, यस स्तरको अर्थमन्त्री र अर्थमन्त्रीलाई के लागेको छ भने अर्थमन्त्री यस्तो डिक्टेटर हो, जसले नियम कानुन, मर्यादा, प्रचलन आदि केही हेर्नुपर्दैन भन्ने लागेको छ। त्यो देखिन्छ। न अर्थमन्त्री कसैसँग परामर्श गर्नुहुन्छ, न केही गर्नुहुन्छ। सुनेको, अर्थशास्त्रमा पिएचडी गर्नुभएको भन्ने, कुन अर्थशास्त्रमा कहाँबाट पिएचडी गर्नुभएछ? अचम्म लाग्छ। देश ओरालो लगाउने, असफल भएका थोत्रा सिद्धान्त बोकेर, ०४८, ०५० सालमै असफल भइसकेको सिद्धान्तहरु फेरि दोहोर्‍याउन खोजिएको छ। यो सरकार बन्नु नै नहुने सरकार थियो।’

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको