Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १३ : २६ मा प्रकाशित

अरुण भ्यालीको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको हो । 

सभाले कम्पनीले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्नका लागि घोषणा गरेको ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांश पारित गरेको छ । त्यस्तै बानस सेयर जारी गर्दा खण्डिकृत भएको सेयर सम्बन्धित सेयरधनीको नाममा जगेडा राख्ने, बोनस सेयर वितरण प्रश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने, कम्पनीले निर्माण गर्न लागेको माथिल्लो काबेली जलविद्युत आयोजना (१५ मेगावाट) र बुदुम खोला जुलविद्युत आयोजना (१४.५० मेगावाट) को लागि ऋण लगानी स्वीकृति गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ । 

त्यस्तै सभाले अध्यक्षले पेश गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पनि पारित भएका छन् । कम्पनीको लगानी भएका आयोजनाहरुको कर्पोरेट ग्यारेन्टि दिने प्रस्ताव पारित भएको छ । त्यस्तै सभाले ४ जना सञ्चालक पनि सर्वसम्मतले निर्वाचित गरेको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको