काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजीनामा बुझाएको महानगरको प्रशासन विभागका प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए।
प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसमक्ष राजीनामा पत्र बुझाए पनि हालसम्म स्वीकृत भइसकेको छैन। राजीनामा स्वीकृतिका लागि गुरागाईँले मेयर बालेन शाहसमक्ष सिफारिस गर्ने तयारी गरेका छन्। मेयर शाहले पाण्डेलाई काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस