Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, १४ : २६ मा प्रकाशित

रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

महान्याधिवक्ताको कार्यालयले रवि लामिछानेविरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।

पौडेलले महान्याधिवक्ता र महान्याधिवक्ताको कार्यालय साथै काठमाडौं, रुपन्देही, कास्की र चितवनका जिल्ला सरकारी वकील कार्यालय तथा रवि लामिछानेलाई विपक्षी बनाउँदै मुद्दा फिर्ता गर्ने निर्णय बदर गर्न माग गरेका हुन्।

रिटमा उनले महान्याधिवक्तालाई प्रदान गरिएको मुद्दा फिर्ता गर्ने अधिकारको दुरुपयोग भएको दाबी गर्दै उक्त निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरेका छन्। साथै रवि लामिछानेविरुद्धको मुद्दा कमजोर बनाउने उद्देश्यले कुनै पनि किसिमको कार्य वा कारबाही नगर्न नगराउन परमादेश जारी गर्नसमेत उनले अनुरोध गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको