Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव फागुन २१ मै हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें - प्रचण्ड

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, १५ : ४६ मा प्रकाशित

चुनाव फागुन २१ मै  हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें -  प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो पार्टीले टिकट बाँड्न सुरु गरेको बताएका छन्। चितवनको भरतपुर महानगरपालिकामा नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहमा प्रचण्डले भने कि आफ्नो दलको तर्फबाट टिकट वितरणको प्रक्रिया हिजोदेखि नै सुरु भइसकेको छ।

उनी निर्वाचनमा ढिलाइ वा स्थगनको शंका नगरी तयारीमा अघि बढ्न सबैसँग आग्रह गरे।

उनले भने, ‘मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरू जसरी अगाडि बढेका छन् र जनता पनि अब विस्तारै चुनावी मानसिकतातिर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । म तपाईंहरू सबैलाई पनि हुन्छ कि हुँदैन भन्ने प्रश्न मनमा ल्याउनुभन्दा चुनावको राम्रो तयारीमा अगाडि बढ्न अपिल गर्न चाहन्छु । चुनाव हुन्छ । चुनाव हुनै पर्छ । अर्को कुनै विकल्प यो देशका लागि अहिले छैन । अर्को विकल्प असहज र अर्को दुर्घटना निम्त्याउने कार्य बन्न पनि सक्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको