यो साता नेप्से परिसूचक करिब स्थिर रहेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से, यो साता ०.०३ प्रतिशत अर्थात ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो ।
यस साता ३ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । यो साता सेन्सेटिभ इण्डेक्स १.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ । नेप्से करिब स्थिर रहेपनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औषतमा ५ अर्ब ७४ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १४.२५ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ९.२७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.५४ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब स्थिर नै रहेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ अर्ब रुपैयाँ बढेर ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ ।
१३ उपसमूहमध्ये यस साता ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ । गत साता २३८२.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४०.६१ अंक बढेर २४२३.२६ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सर्वाधिक बढेको हो ।
यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ०.९२ प्रतिशत घटेको छ । गत साता ४९३३.६३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४५.४५ अंक घटेर ४८८८.१८ विन्दुमा झरेको छ । अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ । यो साता थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १९.६८ प्रतिशत बढेको छ । गत साता ७५२ रुपैयाँमा अन्तिम कारोबार भएको सो कम्पनीको सेयर मूल्य यस साता ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, यस साता सुपर मादी हाइड्रोपावरको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने सिटिजन म्युचुअल फण्ड २ को सेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ । यस साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ६.१४ प्रतिशत घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस