साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा २२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.७० अंकले बढेर ४५९.४३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटै उपसूचकको सेयर मूल्यमा हरियाली देखिएको छ ।
परिसूचक दोहोरो अंकले बढेको दिन ८ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३८ कम्पनीका १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस