जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप यादवले आफ्नो राजनीतिक यात्रामा नयाँ मोड लिँदै नेकपा (एमाले) रोजेका छन्। आइतबार वीरगञ्जमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित उनी एमालेमा समाहित भएका हुन्।
पार्टी स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालसँग एकीकरण भएको केही समयमै यादवले दल परिवर्तन गरेका हुन्। पुस १४ अघि उनी जनता समाजवादी पार्टी (जसपा)मा सक्रिय थिए। सोही दिन जसपा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष रेणु यादव पक्षबीच एकीकरणको सहमति भएपछि पार्टी संरचना एकीकृत भएको थियो।
प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट लगातार दुई पटक प्रतिनिधि सभामा निर्वाचित भइसकेका नेता हुन्। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले २२ हजार ५ सय ३७ मत प्राप्त गर्दै विजयी भएका थिए। उक्त निर्वाचनका समयमा उनी जसपा नेपालकै उम्मेदवार थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस