Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, ०८ : ३८ मा प्रकाशित

सूर्यज्योति लाइफको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ लाख २० हजार २४१ कित्ता, गौरव शारडाले २ लाख ७२ हजार ८४४ कित्ता र दिनेश प्रसाद श्रेष्ठले ७ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । कम्पनीले हाल सूर्यज्योति लाइफकै संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरि सेयर बिक्रीमा राखेको हो । इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट सो सेयर खरीदका लागि बोलपत्र पेश नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति÷संस्थालाई सेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको