Like us!
Follow us!
Connect us!
Watch us!

एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिन्छ - केपी शर्मा ओली

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १६ : १३ मा प्रकाशित

एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिन्छ - केपी शर्मा ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्दा चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले उक्त धारणा व्यक्त गरेका हुन् ।

'शान्तिसुरक्षाको अवस्था राम्रो बन्नुपर्छ,'उनले भने,'हामी जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ ।' निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्ने उनले आग्रह गरे ।

आज काठमाडौंबाट चन्द्रगढी विमानस्थल आइपुगेका उनीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीसहित कार्यकर्ताले स्वागत गरेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिकाअनुसार यही माघ ६ गते उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ। झापा निर्वाचन क्षेत्र नं. ५ मा आफ्नो उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओली जिल्लामा आएको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए।

निर्वाचनलाई लक्षित गर्दै पार्टीले आयोजना गर्ने विभिन्न कार्यकर्ता भेला तथा बैठकहरूलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको उनले बताए। गत भदौमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि अध्यक्ष ओली गृहजिल्ला झापा आएकाे यो पहिलो पटक हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको