Like us!
Follow us!
Connect us!
Watch us!

देश जोगाउन पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु - केपी शर्मा ओली

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १६ : २६ मा प्रकाशित

देश जोगाउन  पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु - केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ को फैसला जनताले गर्ने बताएका छन् । झापाको दमकमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले जनताको फैसला सुन्न आफू चुनावी मैदानमा आएको बताए । उनले एमालेले आसन्न निर्वाचनका लागि टिकट वितरण पारदर्शी रूपमा गरेको दाबी पनि गरे । केही स्थानमा कुनै पार्टीसँग तालमेल हुन सक्ने ओलीले सुनाए ।

उनले, ‘भने घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र देशको विकास गर्न म पुन: झापा ५ मा उम्मेदवार भएर आएको छु ।’

उनले नेकपा एमाले पारदर्शी भएका कारण हल्लाखल्ला भएको बताए ।

उनले भने, ‘अरूले के गर्छन् थाहा नै हुँदैन । हाम्रामा छलफल हुन्छ तर्क वितर्क हुन्छ अरूले थाहा पाउँछ्न् । त्यही भएर हल्ला खल्ला हुन्छ । पार्टीले तौलिएर नै टिकट वितरण गरेको छ । पार्टीले तौलिँदा तौल त पुग्नु पर्यो नि ! भात खाएर चार कोसा केरा खाएर जाँदा पनि भएन भने तौल पुगेन भन्ने सम्झनुपर्यो। लाखौँ कार्यकर्ता भएको पार्टीमा एक/दुई जना अराजक हुनु ठूलो कुरा होइन । गठबन्धन भन्ने शब्दै ठिक भएन तर यसलाई चुनावी तालमेल भन्नुस् । केही स्थानमा तालमेल भने हुन सक्छ । हामीले गरेको विकासबाट आत्तिएर केही मानिसहरू हामीलाई भिलेन करार गर्न लागेका छन् । यो सम्भव छैन । केही भएन भनेर निराश बन्न हुँदैन । अहिले अकबरे खोर्सानी बेच्नेले पनि करोडौँ कमाएको छ । सब्जी खेती गर्नेले मात्रै लाखौँ कमाउँछ । अन्य देशमा चाहिँ सुनै सुन फल्छ ? गर्न त पर्यो नि ! हेर्नु त खेत बाँझै छ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको