विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुला गरेको एफपीओ आज बाँडफाँड गरेको छ । एफपीओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि रीतपूवर्क आवेदन दिएका थिए ।
मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड भएको हो । ४० हजारभन्दा बढीको आवेदन रद्द भएको कम्पनीले जानकारी दिएको छ । बाँडफाँडमा ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्। बाँकी सबै आवेदकको हात खाली भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस