प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले कात्तिक ९ देखि मंसिर १५ गतेसम्म निष्काशन गरी बाँकी रहेको अवितरित हकप्रद सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ः१.३४ को अनुपातमा प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद सेयर बिक्री खुला गरी बाँडफाँड गरेकोमा ४३ लाख १७ हजार ५० कित्ता सेयर बाँकी बसेको थियो ।
अहिलो सोही बाँकी बसेको सेयर प्रतिकित्ता न्यूनतम ७५ रुपैयाँमै लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्री गर्न लागेको हो । यसमा इच्छुक सबै व्यक्ति वा संघसंस्थाहरूले बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र आवेदन फाराम काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालयमा १०० रुपैयाँ तिरेर प्राप्त गर्न सक्नेछन् । बोलपत्र आज माघ ६ गतेदेखि माघ २० गतेसम्म पेश गर्न सकिनेछ ।
सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस