मंगलबारको सेयर कारोबार जारी रहँदा पहिलो एक घण्टामा सेयर बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आजको कारोबार जारी हरँदा परिसूचक पनि उच्च अंकले बढेर कारोबार भइरहेको हो ।
आजको पहिलो एक घण्टाको अवधिमा सेयर बजारमा ४ अर्ब २६ करोड ११ लाख ८८ हजार ९११ रुपैयाँको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा ३७.३३ अंकले बढेको छ । यो अघिल्लो कारोबार दिन भन्दा १.३९ प्रतिशतले बढी हो । आजको पहिलो एक घण्टाको अवधिमा सेयर बजार परिसूचक २७०९.८९ विन्दुमा पुगेको छ । यो अवधिमा २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर बजार घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस