Like us!
Follow us!
Connect us!
Watch us!

अन्तरिम सरकारका ४ मन्त्री चुनावी दौडमा

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १२ : ३५ मा प्रकाशित

अन्तरिम सरकारका ४ मन्त्री चुनावी दौडमा

वर्तमान अन्तरिम सरकारमा रहेका चार जना मन्त्रीले पदबाट राजीनामा दिएपछि प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। सो सरकारका शिक्षामन्त्रीसहित चार जना मन्त्रीले राजीनामा दिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेका हुन्।

आज बिहान मात्रै पद त्याग गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दी जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइका पूर्वमन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रिएका छन्। सञ्चार तथा सूचना प्रविधिका पूर्वमन्त्री जगदीश खरेलले ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन्। त्यसैगरी, युवा तथा खेलकुदका पूर्वमन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएर सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने अन्तिम दिन हो। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। समानुपातिक प्रणालीतर्फको मनोनयन भने यसअघि नै पुस १३ र १४ गते सम्पन्न भइसकेको थियो।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको