साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक २.६१ अंकले बढेर २७१७.४३ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ वटै कम्पनीको घटेको छ । त्यस्तै उक्त सेसनमा ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०६ अंकले बढेर ४६७.३१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ७५ कम्पनीका २ लाख ७ हजार ८९२ कित्ता सेयर २०६ पटक खरिद बिक्री हुँदा १७ करोड ८२ लाख २७ हजार ३९० रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस