Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेको सरकार आगजनी गर्नेहरूकै हो - केपी शर्मा ओली

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, १२ : ५५ मा प्रकाशित

अहिलेको सरकार आगजनी गर्नेहरूकै हो - केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घरमा आगजनी गर्नेहरूमाथि वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।  गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आन्दोलनको नाममा अरुको घर जलाउन नपाइने भन्दै ओलीले त्यस्ता व्यक्तिलाई सरकारले कारबाही नगरेको बताए । उनले देशलाई शान्तिपूर्ण बस्नलायक देश बनाउनुपर्ने धारणा पनि राखे ।

उनले भने,‘अहिलेको सरकार सायद उनीहरूकै सरकार हो । त्यसैले उनीहरूलाई जोगाउने काम गरेको छ । अपराधलाई प्रोत्साहित गर्न सकिँदैन । आन्दोलनको नाममा कसैको घर जगाउन पाइँदैन । त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने हो । तर, सरकार उनीहरूकै हो सायद । कारबाही भएको छैन । समय आउँछ, कारबाही गर्ने समय आउँछ । देशलाई शान्तिपूर्ण र बस्न लायक बनाउनुपर्नेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको