Like us!
Follow us!
Connect us!
Watch us!

फागुन देखि बिक्रीमा आँउदै एशियन हाइड्रोपावरको करिब २६ लाख कित्ता सेयर

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, ०८ : ०३ मा प्रकाशित

फागुन देखि बिक्रीमा आँउदै एशियन हाइड्रोपावरको करिब २६ लाख कित्ता सेयर

एशियन हाइड्रोपावर लिमिटेडको पौने २६ लाख कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १३ गतेबाट सकिंदैछ । कम्पनीको संस्थापकतर्फको २२ लाख २० हजार कित्ता, कर्मचारीतर्फको १६ हजार ८०० कित्ता र आयोजना प्रभाविततर्फको ३ लाख ४० हजार गरी कुल २५ लाख ७६ हजार ८०० कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

आईपीओ निष्कासन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिदेखि संस्थापक, कर्मचारी र आयोजना प्रभाविततर्फको सेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी शेयरहरू लकइनमा रहेका छन् । फागुन १३ गतेबाट लकइन अवधि सकिने भएसँगै फागुन १४ गतेदेखि यी सेयरहरू किनबेच गर्न सकिनेछ । तर कम्प्नीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको