Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

शुक्रबार, ०९ माघ २०८२, ०८ : २५ मा प्रकाशित

नेपाल लाइफ समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रही माघ ४ गतेदेखि बिक्रीमा आएको नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई खरीदका लागि आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ ।

यसअघि निष्कासन बन्द छिटोमा माघ ८ गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि माघ १८ गतेसम्म निष्कासन अवधि थपिएको थियो। तर यसैबीच माग बमोजिम पर्याप्त आवेदन परेकाले आज बेलुकी बैंकिङ्ग समयपश्चात् निष्कासन बन्द गर्न लागिएको हो । यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये बीज पुँजी बापत कम्तीमा २ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको कम्तीमा १५ प्रतिशतमध्ये नेपाल लाइफलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिएको छ । यसरी बाँकी रहन आएको न्यूनतम १३ करोड ६० लाख इकाई भने सर्वसाधारण तथा संघसंस्थाहरूका लागि निष्कासन तथा बिक्री खुला गरिएको हो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाई आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको