सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनको तयारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि १९ करोड २९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
१९ करोड २९ लाख रुपैयाँ बराबर हुन आउने १९ लाख २५ हजार कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्यका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङ तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नं. ४ क्षेत्रमा अवस्थित हेवा खोलाको पानी उपयोग गरि ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस