Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५४ प्रतिशतले बढ्यो, इपीएस कति ?

अर्थ संसार

आइतबार, ११ माघ २०८२, ०७ : ५५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५४ प्रतिशतले बढ्यो, इपीएस कति ?

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिकसम्मको अवधिमा ३० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीले गत आवको भन्दा ५४ प्रतिशतले नाफा बढाएको हो । 
बैंकले चालू आवको पुस मसान्तसम्म ३० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको पुस मसान्तसम्म बैंकको यस्तो नाफा १९ करोड ६५ लाख रुपैयाँ थियो । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि ९१ करोड ८२ लाख रुपैयाँबाट १८.४९ प्रतिशतले बढेर १ अर्ब ८ करोड ८० लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी १ अर्ब ५ करोड २४ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
बैंकले गत आवको पुस मसान्तसम्म २८ करोड ३२ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म सञ्चालन नाफा ५९.३३ प्रतिशतले बढेर ४५ करोड १३ लाख रुपैयाँ नाघेको छ । त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११.४६ रुपैयाँबाट बढेर १६.२१ रुपैयाँ पुगेको र खराब कर्जा (एनपीएल) ४.९९ प्रतिशतबाट बढेर ६.८७ प्रतिशत पुगेको वित्तीय विवरणले देखाएको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १५३.२४ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ र रिजर्भ कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ । बैंकले ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको