Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ११ माघ २०८२, ०८ : १४ मा प्रकाशित

प्रभु बैंकको ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडे ७ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा रोखको छ । बैंकले आफ्ना १३ जना संस्थापक सेयरधनीहरूले ७ लाख २७ हजार ५४३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयरधनीहरूले आफ्नो नाममा कायम सेयर बेच्न निवेदन दिएसँगै बैंकले बिक्रीमा राखेको हो । बैंकले हाल उक्त सेयर प्रभु बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न सक्नेछन् । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । यस समयावधिभित्र संस्थापक सेयरधनीबाट निवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
 

697582bb90c43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको