Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक अन्यौलता घट्ने विश्वासले पुँजी बजारमा सुधार - छोटेलाल रौनियार

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १६ : ०६ मा प्रकाशित

राजनीतिक अन्यौलता घट्ने विश्वासले पुँजी बजारमा सुधार - छोटेलाल रौनियार

पछिल्ला दिनहरुमा सेयर बजार लगातार जसो बढी रहेको छ । गत साता साढे २ प्रतिशत भन्दा बढीले बढेको सेयर मूल्य आज (आइतबार) मात्रै पनि २.१२ प्रतिशतले बढेर कारोबार भएको छ । पछिल्लो समय नेप्से परिसूचसँगै कारोबार रकममा पनि वृद्धि भइरहेको छ । आइतबार पछिल्लो ६ महिना यताकै उच्च कारोबार हो । 

पछिल्लो समय राजनीतिक रुपमा देखिएको अन्यौलता कम भएका कारणले बजार बढेको अनुभवि लगानीकर्ता तथा नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । चुनाव हुने सुनिश्चिततासँगै लगानीकर्तामा उत्साह बढेको र ठूला लगानीकर्ताहरु पनि बजारमा आएकाले पुँजी बजारमा सुधार देखिएको उनी बताउँछन् । सबै सूचक सकारात्मक भएको अवस्थामा चुनाव हुने सुनिश्चितताका कारणले बजार बढ्नमा सहयोग पुगेको उनको भनाइ छ । ‘अहिले पुँजी बजारका लागि सबै सूचक सकारात्मक रहेका छन् । ३२०० विन्दु पुगेको समयको भन्दा पनि अहिले सूचक सकारात्मक रहेको अवस्था छ । यो अवस्थामा राजनीतिक रुपमा पनि स्थिरताको संकेत देखाएकाले बजार बढेको हो,’ उनले भने । 

अहिले कारोबारमा पनि सुधार भएकाले आगामी दिन बजार थप मजबुद हुने उनको विश्वास छ । लगानीकर्ताको गुमेको मनोबल बढ्दा बजारमा हरियाली देखिएको रौनियारको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको