अर्थविद डा.चन्द्रमणि अधिकारीले अहिले सेयर बजारमा लगानीकर्ताहरु केही मात्रामा आकर्षित भएको बताएका छन् । लगानीका अन्य क्षेत्र नभएका कारणले केही मात्रामा पुँजी बजारमा लगानी आएकाले बजार बढेको उनले बताएका हुन् ।
अर्थसंसारसँगको कुराकानीका क्रममा अधिकारीले फण्डामेन्टल कुराले भन्दा पनि केही मात्रा पुँजी बजारमा पनि हेरौँन भन्ने जमातका कारण बजारमा केही सकारात्मकता देखिएको बताएका हुन् । बैंकमा लगानीयोग्य रकम थ्रुपिएको अवस्थामा लगानीका अन्य क्षेत्र नभएकाले बजार बढेको उनको भनाइ छ । ‘लगानीका अरु विकल्प नहुँदा रकम पुँजी बजारमा आएको हो । चुनाव हुने भन्दा पनि अहिले लगानीका अन्य क्षेत्र नभएको अवस्थामा पुँजी बजारमा केही समयका लागि लगानी भएको हो,’ उनले भने ।
अहिले देखिएको सेयर बजारका वृद्धि दिगो नभएको उनको भनाई छ । ‘सेयर बजार यहि गतिमा अघि बढ्ने अवस्थामा देखिदैन । यो क्षणिक हो,’ अधिकारीले भने । कुनै पनि क्षेत्र लामो समयसम्म स्थिर हुनका लागि अर्थतन्त्र सुधार हुने पर्ने उनले बताए । अहिलेको पुँजी बजारको सुरधा अर्थतन्त्रमा आएको सुधार वा स्थिर सरकार आउँछ भन्ने आधारले नभएको उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस