Like us!
Follow us!
Connect us!
Watch us!

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, १० : २७ मा प्रकाशित

फिफा क्लब विश्वकप २०२९ आयोजना गर्न ब्राजिल इच्छुक

ब्राजिलले फिफा क्लब विश्वकप २०२९ आयोजना गर्ने प्रस्ताव फुटबलको सर्वोच्च निकाय फिफासामु पेस गरेक छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनो रियो दि जेनेरियो भ्रमणमा रहेका बेला ब्राजिलियन फुटबल कन्फेडेरेसन (सीबीएफ) का पदाधिकारीहरूले उक्त प्रस्ताव बुझाएका हुन्।

इन्फान्टिनोको ब्राजिल भ्रमण मुख्यतः २०२७ महिला विश्वकपको तयारी प्रक्रिया अघि बढाउने उद्देश्यमा केन्द्रित थियो। उक्त महिला विश्वकप ब्राजिलका आठ शहरमा आयोजना हुने तय भइसकेको छ।

यसैबीच, फिफाको विस्तारित क्लब प्रतियोगिता दक्षिण अमेरिकाको सबैभन्दा ठूलो बजार ब्राजिलमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्। फिफाले २०२५ संस्करणका लागि परम्परागत बिड प्रक्रिया नगरी संयुक्त राज्य अमेरिकालाई ३२ टोली सहभागी हुने प्रतियोगिता आयोजना गर्ने जिम्मा दिएको थियो। तर, २०२९ संस्करणको आयोजक कसरी छनोट गरिने भन्ने विषयमा फिफाले अझै स्पष्ट मापदण्ड सार्वजनिक गरेको छैन।

सीबीएफका अध्यक्ष सामिर जाउदले यस विषयमा छलफल जारी रहेको बताएका छन्। उनले गत वर्ष भनेका थिए,‘यो विषय मैले अध्यक्ष इन्फान्टिनोसँग छलफल गरिसकेको छु। भगवानको इच्छा भए ब्राजिलले २०२९ क्लब विश्वकप आयोजना गर्नेछ।’ २०२९ संस्करणका लागि ब्राजिलको एक क्लबले प्रतियोगितामा स्थान पक्का गरिसकेको छ। फ्लामेङ्गोले २०२५ को कोपा लिबर्टाडोरेस जित्दै क्लब विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको