नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले करिब साढे ३ लाक कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्ना ९ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको जनाएको छ । सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र के–कति रकममा खरीद गर्न चाहेको हो सो समेत खुलाई काठमाडौंको कमलादीस्थित बैंकको सेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
उक्त समय भित्र विद्यमान संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएकामा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त सेयरहरू खरीद बिक्री गर्न आवश्यक कारवाही अघि बढाइने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस