उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपासँग १२ दिन एकता गर्दा पार्टीलाई धेरै घाटा भएको बताएका छन्। उज्यालो नेपाल पार्टी रामेछापको बृहत् कार्याकर्ता भेलालाई सम्बोधन गर्दै रास्वपासँगको एकता अवधिको १२ दिन आफूहरू कोमामा पुगेको स्मरण गरे।
उज्यालो नेपाल पार्टी कतै विलय नहुने बताए। उनले रास्वपालाई लक्षित गर्दै नयाँ शक्ति आफूमात्रै हो भनेर लागिरहेको टिप्पणी गरे।
उनले भने, ‘कोमाबाट फर्किएर आएका छौँ। अब यो पार्टी देशको नेतृत्व गर्नेगरी अगाडि बढ्छ। उज्यालो नेपाल पार्टीको चिम चिन्न निरन्तर बलिरहनेछ, कतै विलय हुनेछैन। यो पार्टीमा अरू आउन सक्छन्, तर यो विलय भएर कतै जाँदैन।नयाँ शक्ति भनेको हामी नै हो भनेर लागिरहेका छन्, सोसल मिडियामा क्याम्पेन गरेर मात्रै हुँदैन। उज्यालो नेपाल पार्टी नै नयाँ शक्ति हो।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस