शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कमपनीले वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको सेयर बाँडफाँड सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहीबार बिहान ८ बजे सो आईपीओ बाँडफाँड सम्पन्न भएको हो । बिक्री प्रबन्धकका अनुसार २२ हजार दुई सय जनालाई १० कित्ताका दरले दुई लाख २२ हजार कित्ता आईपीओ पाएका छन् । कम्पनीले वैदेशिक रोजगारका लागि निष्काशन गरिएको सो आईपीओमा ७१ हजार ५७७ जनाले १० लाख पाँच हजार कित्ताको लागि आवेदन दिएका थिए ।
कम्पनीको आईपीओको नतिजा सीडीएस र बिक्री प्रबन्धको वेबसाइटबाट हेर्न सकिने छ । केही समयपछि सो वेबसाइटमा नतिजा प्रकाशित हुने बिक्री प्रबन्धकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस