Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे १४ अर्ब माथिको कारोबार

अर्थ संसार

विहीबार, १५ माघ २०८२, १५ : ०५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, साढे १४ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५५ अंकले घटेर ४६२.७१ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ । 

परिसूचक घटेको दिन साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १ लाख ३८ हजार ८८३ पटक खरिद बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको