Like us!
Follow us!
Connect us!
Watch us!

मोलुङ्ग हाइड्रोपावरको साढे ५३ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

अर्थ संसार

शुक्रबार, १६ माघ २०८२, १० : ३२ मा प्रकाशित

मोलुङ्ग हाइड्रोपावरको साढे ५३ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ५३ लाख २१ हजार ७० कित्ता सेयरको लकइन अवधि आउँदो फागुन १८ गतेपछि सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीतर्फको ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित स्थानीयतर्फको ८ लाख २ हजार ५०० कित्ता सेयरको लइकन अवधि सकिन लागेको हो।

सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक, कर्मचारी र आयोजना प्रभावितको सेयर लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम यी सेयर लइकनमा रहेका छन्। कम्पनीले २०७९ फागुन १९ गते सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको थियो। लकइन अवधि सकिएपछि यी शेयर कारोबार गर्न सकिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको