भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओमा मागभन्दा ३७ गुणा बढीको आवेदन परेको छ। कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणलाई खोलेको ८ लाख ३० हजार कित्ताको आइपीओमा मागभन्दा बढीको आवेदन परेको हो ।
यस निष्काशनमा २६ लाख ६५ हजार १ सय ७४ जनाबाट ३ करोड ७ लाख ८४ हजार ८ सय २० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएको भन्दा ३७.०९ प्रतिशत बढी हो । यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा.खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस