नेको इन्स्योरेन्सले लाभांश र सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ माघ २५ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा ३ प्रतिशत बोनस सेयर र करसहित १२.७८९४ नगद लाभांश छन् ।
सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्न निर्देशन भएमा सोहीमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष२०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ । सभाले बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस